७ बैशाख २०८१, शुक्रबार

बीबीसीका म्यानमार संवाददाता बेपत्ता

bbc correspondent myanmar

म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ ।

अपरिचित व्यक्तिहरुले उहाँलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।“म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

म्यानमारको राजधानीबाट दिउसो नै उहाँ बेपत्ता हुनुभएको र उहाँको खोजीका लागि बीबीसीले सवै प्रयास गरिरहेको पनि जनाइएको छ । उहाँलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ । बीबीसीका समाचार दातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता हुनुभएको छ ।

उहाँलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ । म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

सेनाले नेतृ आङसान सूची सहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।