१६ चैत्र २०८०, शुक्रबार

कर्णालीका मुख्य न्यायाधिवक्तामा खनाल

Karnali I2VYaB4kim
फाइल फोटो

कर्णाली प्रदेश सरकारले कानून व्यवसायी मातृकाप्रसाद खनाललाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेको छ । गत फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६० (२) बमोजिम दैलेख आठबीस नगरपालिका–२ निवासी खनाललाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश राजेन्द्र तिवारीले पद तथा गोपनियताको शपथ गराउनुभयो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायतको उपस्थिति थियो ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हो । यस अघिका मुख्य न्यायाधिवक्ता विद्या भूषण मानन्धरले राजीनामा दिएपछि प्रदेश सरकारले खनाललाई नियुक्त गरेको हो ।