१६ चैत्र २०८०, शुक्रबार

प्रहरीको रगतले जोगीयो सुत्केरी लक्ष्मीको ज्यान !

received 433981054499334 750x422 1

दार्चुलामा अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई प्रहरीले रगत दिएर ज्यान बचाएका छन्।

जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भई अत्याधिक रगत बगेर शरिरमा रगत अभाव भएकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान गणेश बहादुर मल्लले रक्तदान गर्नु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकु बस्ने विक्रम थापाकी श्रीमती २७ वर्षिय लक्ष्मी थापालाई प्रहरी जवान थापाले एक पिन्ट (ओ पोजेटिभ) रगत दान गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

सुत्केरी भई अत्याधिक रगत बगेर रगतको आवश्यकता परेपछि प्रहरी जवान मल्लले रगतदान गर्नु भएको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) भएपनि प्रायः रगतको अभाव हुने गरेको पाइन्छ । उपचारार्थ आकस्मिक कक्ष र प्रसुति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँने गरेको भएपनि आवश्यक परेको बेला रगत अभाव हुने गरेको छ ।

रगत आवश्यक पर्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई फोन गर्नु पर्ने अवस्था जहिले पनि रहदै आएको अस्पतालले जनाइएको छ । यसरी रगत अभावका बेला सहज ढङ्गले सेना र प्रहरी आएर रगत दिन थाले पछि रक्त सञ्चार केन्द्र अहिले सेना र प्रहरीकै भरमा चलेको छ । भनेको समयमा अन्य नागरिकले रक्तदान गर्न नमान्दा केही समस्या सिर्जना हुने गरेको चिकित्सकहरुले बताएका छन् । आम नागरिकहरुमा रगतदान गर्दा केहि फरक पर्दैन भन्ने कुराको ज्ञान नहुँदा रक्त संचार केन्द्रमा रगत अभाव हुने गरेको छ ।

मल्लले थापालाई एक पिन्ट ओ पोजेटिभ ताजा रगत दान गरेपछि जोखिममा परेका ज्यान जोगिएको अस्पतालले जनाएको छ। अस्पतालमारक्त सञ्चार केन्द्र भएपनि रगतको अभाव हुने गरेको छ। रगत अभावकै कारण कतिपय गम्भीर बिरामी र सुत्केरीले अकालमै ज्यान गुमाउने गरेका छन्।