१४ बैशाख २०८१, शुक्रबार

एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य छैनः प्रधानमन्त्री ओली

kp oli address scaled
फाइल फोटो

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि एमाले भित्र जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताएका छन् । माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।

केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराएका छन् । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए

एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।