१६ चैत्र २०८०, शुक्रबार

फिल्म ‘A’ को छायांकन सुरु

A movie 5 scaled

फिल्म ‘A’ को छायाँकन सुरु भएको छ ।

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर फिल्म ‘A’ को शुभ मुर्हत गरेर छायाँकन सुरु भएको हो । आज विहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको फिल्मको छायाँकन भने काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

A movie 1

यस फिल्मको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् भने बाल कलाकारमा जसिका घिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो फिल्मको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । फिल्मको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सक्पादनमा अनिल कुमार महर्जनको रहेको छ ।

यस फिल्मको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् फिल्ममा प्रलाद काफ्लेको लगानी रहेको छ ।

A movie 6