१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने : जसपा

jasapa
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको हो । बैठकपछि नेता राजकिशोर यादवले अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टीभित्र एकमत रहेको बताउनुभयो । यस बिषयमा अन्य दलहरुसंग पनि छलफल गर्ने उहाले बताउनुभयो । बैठकले संसदीय दलको बैठक विधान र नेताको टुङ्गो पनि लगााउन सकेन । विधान मस्यौदा समितिले छलफलका लागि समय माग गरेकाले बिधान पारित हुन नसकेको यादवले जानकारी दिनुभयो । विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुने यादवले बताउनुभयो । सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको जसपाको भनाई छ ।