११ बैशाख २०८१, मंगलवार

एमालेको प्रदेश २ इन्चार्जमा सत्यनाराण मण्डल

Satya Narayan Mandal
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)काे ओली पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको ओली पक्षकाे केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्ज तोकेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्जको जिम्मेबारीमा हेरफेर गरिएको हो । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेबारी तोकिएको छ । बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज गरेको छ भने एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ । अब एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलमात्रै भएका छन् ।