१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले सुदूरपश्‍चिम इन्चार्जबाट रावललाई हटाईयो, लेखराज भट्टलाई जिम्मेवारी

lekhrajbhatta bhimrawal

नेकपा एमाले सुदूरपश्‍चिम इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ । प्रदेश इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको हो।

सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ।

उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।