६ बैशाख २०८१, बिहीबार

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने बाग्मती प्रदेश इन्चार्ज,अष्टलक्ष्मीलाई कारबाही

ram
फाइल फोटो

नेकपा एमालेमा महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरिएको छ ।

पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरेको हो ।

यस्तै अध्यक्ष ओलीले रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्जमा नियुक्त गरेका छन् । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन् ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिँदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।