१६ चैत्र २०८०, शुक्रबार

संविधान विपरीत भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न तयार छु: प्रचण्ड

prachanda 2
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताउनु भएको छ । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने बताउनु भयो ।

जो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइछाड्ने कसरतमा छन्। तर, शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी छु मु, उहाँले भन्नु भयो , यो षडयन्त्रलाई निर्मूल पार्न म जीवित हुदाँसम्म कसैले पनि हाम्रा परिवर्तन र उपलब्धिहरूलाई उल्टाउन सक्दैन।

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उनले उल्लेख गरे।