१९ बैशाख २०८१, बुधबार

बारामा टाउको नभएको अवस्थामा शव फेला

death girl
सांकेतिक तस्विर

बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा एउटा शव फेला परेको छ ।

शुक्रबार ( आज ) भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रले बताए । प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । उनको शव हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन २ नं. प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी छ ।