७ बैशाख २०८१, शुक्रबार

एक्सनले भरिपुर्ण फिल्म ‘लप्पन छप्पन २’ को ट्रेलर

maxresdefault 4

फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं राइजिङ मलमा पत्रकार सम्मेलन गर्दै एक्सनले भरिएको फिल्म ‘लप्पन छप्पन२’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

मुकुन्द भट्टले निर्देशन गरेको यस फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायत कलाकारको अभिनय छ ।

यस फिल्मको ट्रेलरमा पैसा र शक्तिको भिडन्तलाई देखाउन खोजेको छ । फिल्मको छायांकन यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा गरिएको निर्माण पक्षले जानकारी दिएको छ । कार्यक्रममा फिल्मको निर्माण लागत झन्डै चार करोड पुगेको बताइएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् भने मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी छ ।

गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना रहेका छन् ।फिल्मलाई विभिन्न भाषामा डविङ गरिनुका विदेश प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । पहिलो पटक चाइनिज भाषामा फिल्मलाई डव गरिने र चाइनामा पनि प्रदर्शन गरिने निर्देशक मुकुन्द भट्टले बताए । कार्यक्रममा अभिनेता भूवन केसी, निर्देशक तथा कलाकार निश्चल बस्नेत, कलाकार प्रशान्त ताम्राकार उपस्थित रहेका थिए ।