७ बैशाख २०८१, शुक्रबार

महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु, शव बुझ्न अस्वीकार

death women
सांकेतिक तस्विर

कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भएको छ। प्रसुती ब्यथा लागेपछि बुधबार राति १ बजेतिर अस्पताल पुगाइएकी दोधाराचाँदनी नगरपालिका–५ शिवनगरकी २० वर्षीया ज्योति सुनारको मृत्यु भएको हो।

शल्यत्रिया मार्फत शिशु जन्माएकी सुनारको आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेको बताए।

उनकाअनुसार पीडित पक्ष र स्थानीय प्रशासनबीच बिहीबार दिउँसो छलफल भएपनि कुनै सहमती हुन सकेको छैन। शुक्रबार पुनः छलफल गरिने भएको छ। शिशुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।