१५ चैत्र २०८०, बिहीबार

मनकामनामा प्रदिपको ‘प्रकाश’को शुभमुहुर्त

pradeep in prakash

फिल्म ‘प्रकाश’को शुभमुहुर्तसँगै छायांकन गरिएको छ । फिल्म निर्माण टिमले मनकामना मन्दिर पुगेर फिल्मका कलाकार, प्राविधिकले पूजा गर्दै छायांकनका लागि जुम्ला प्रस्थान गरेको हो ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता प्रदिप खड्का, रेनु योगी, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका रहने छ । बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई महेन्द्र अधिकारीले लगानी रहेको छ । एक यूवकको सरकारी शिक्षक बन्ने सपनाको कथालाई भन्ने निर्माणपक्ष हुने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षले फिल्मको प्रदर्शन अर्को वर्ष गर्ने सोच बनाएको छ ।