४ बैशाख २०८१, मंगलवार

दैलेखमा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यू ७ गम्भिर

dailekh accident

दैलेखको आठविस नगरापलिका वडा नं १ मा विहीबार विहाना माइक्रोबस दुर्घटना भएको छ ।

विहीबार कालिकोटबाट सुर्खेतका लागि छुटेको माइक्रोबस दैलेखको आठविसमा दुर्घटना परेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको माइक्रो कालिकोटबाट १६ जना यात्रु लिएर सुर्खेतको लागि हिडेको थियो । आठविसमा नगरपालिकाको ठुलाघाट भन्ने स्थानमा ११ बजे दुर्घटना हुदाँ माइक्रोबसमा सवार रहेका मध्ये १ जनाको मृत्यु भएको, १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी इन्द्रिजित सुनारले जानकारी दिए ।

सुनारका अनुसार घाइते १० जना मध्य ७ जनाको अवस्था गम्भिर रहेकाले एम्बुलेन्समा सुर्खेत पठाइएको छ भने ३ जना सामान्य घाइते भएको र घटनाको बाँकी बिवरण आउन अभै समय लाग्ने प्रहरीले जनाएको छ ।