१३ बैशाख २०८१, बिहीबार

चलचित्र “गणपति”को छायाँकन सम्पन्न

ganapati film1615360375

अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’को छायांकन सकिएको छ । गएको माघ ८ गतेबाट सुरु भएको फिल्मको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।

ganapati

हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । सबिन अधिकारिको निर्देशनमा बनेको फिल्मको सम्पुर्ण छायाँकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा गरिएको हो । फिल्ममा मुकुन र मेनुकाका साथमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो । त्यसैगरि फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, शब्द तथा संगीत अनिस अधिकारीले दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले गीतमा आवाज दिएका छन् ।

फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य रहेको छ । गोविन्द शाहीले वितरण गर्ने फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बिएलका अनुसार यो फिल्म नेपाल भन्दा पहिले यूके र अष्ट्रेलियामा रिलीज हुनेछ ।

भगवान् र मानवबीचको अन्तर देखाउने प्रयास गरिएको फिल्मको निर्मातामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन ।