११ बैशाख २०८१, मंगलवार

हलमा दर्शक नआएपछि अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज

Akshays Suryavanshi will not release on April 2

सबैले अपेक्षा गरेको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को रिलिज डेट सरेको छ । आगामी अप्रिल २ बाट रिलिज हुने पक्का भएको फिल्म अप्रिल २ मा रिलिज नहुने भएको हो ।

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा रहेको छ । यस फिल्मको तत्काल रिलिज नगर्ने पक्षमा अक्षय र रोहित सेट्टी रहेको भारतिय मिडियाले जनाएका छन् । निकै महंगो बजेटमा निर्माण भएको फिल्ममा दर्शक नआउने डरका कारण फिल्म तत्काल रिलिज नगर्ने भएका हुन् । फिल्म चल्नका लागि शत प्रतिशत अकुपेन्सीका साथ व्यापार हुन आवश्यक रहेको निर्माण पक्षले जनाएको छ ।

तर, भारतको महाराष्ट्रमा पछिल्ला केही दिनदेखि कोरोनाको केस ह्वात्तै बढेको छ । यसैले पनि अब, यो चलचित्र अप्रिल २ मा नआउने पक्का भएको छ । राम्रो ब्यानरको फिल्म हलमा आउने आसमा बसेका हलवाला यो पटक पनि निराश बनेका छन् । नेपाली हलवाला पनि अक्षयको फिल्म कुरेर बसेका थिए । नेपाली फिल्मले खासै हलमा दर्शक नआएपछि अक्षयको फिल्मले हल भराउने जमर्को हलवालाको थियो ।