१६ चैत्र २०८०, शुक्रबार

च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना

barc

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो। बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३० औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेको गोलबाट सुरुवाति अग्रता लियो। ३७ औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे पनि हारबाट जोगाउन सकेनन्।

पछिल्लो १४ वर्षमा पहिलोपटक अन्तिम ८ मा पुग्न असफल भएको बार्सिलोनाबाट मेस्सीले चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर यो पटक भने यात्रा सुखद रहेन।