१६ चैत्र २०८०, शुक्रबार

चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

dead 7tw2tT5ZH0

सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेका छन । आमासहित चार जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका चार जना मध्य सोमबार दुई जनाको शव भेटिएको जानकारी दिनुभयो ।

उहाँले १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको बताउनुभयो ।

‘३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन । आज (मंगलबार) गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ। सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट माइत जान लाग्नुभएकी उहाँको माइतमा समेत नगएको नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।

आठबस्स नगरपालिकाकाी उप प्रमुख समेत रहुनु भएकी स्थानीय दीपा बोहोराले श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्ने बताउनुभयो । उहाँले नदीमै दुईवटा शव भेटिनुले पनि हाम फालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ।’ मदिराकै कारण घरेलु हिंसालाई सहन नसकेर आमासहित ४ जना बच्चा हामफाल्न बाध्य भएको हुनसक्ने उहाँको भनाई छ। सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न बनेको छ ।