१३ बैशाख २०८१, बिहीबार

(फोटो सहित )जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

race tanahun husband carry

एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ ।

यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ ।

प्रतियोगितामा १४ जोडी सहभागी थिए । शारीरिक र मानसिक रुपमा महिला पनि पुरुष सरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

sriman bokera daud jitin
पदम अधिकारी र बिष्णु अघिकारी
race tanahun husband carry
race tanahu
huband bokne race
budi race

थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।