१६ चैत्र २०८०, शुक्रबार

निवृत्तीभरण नलिने अख्तियार प्रमुख आयुक्त राईको स्वघोषणा

prem kumar rai ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने हुनुभएको छ ।

प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गर्नुभएको छ ।

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त हुनुभएको हो । उहाँले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गर्नुभएको छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरी दिनुभएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।