१२ बैशाख २०८१, बुधबार

नयाँ निकासको लागि सर्वाेच्चको फैसला स्वागतयोग्य: रावल

Parbati Rawal

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली समूह चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले सर्वाेच्च अदालतले नेकपाबारे गरेको फैसला स्वागतयोग्य भएका प्रतिक्रिया दिएकी छन् ।

नारायणी अनलाइनसँग कुराकानी गर्दै नेता रावलले फैसलामा खुसी व्यक्त गरेकी हुन् । उनले भनिन्, ‘अब हामी पूर्ववत अवस्थामा फर्किएका छौं । विसं २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्किएका छौं ।’ उनले एउटै पार्टी हुँदा पनि बागबन्डाको राजनीति चलिरहेको बताइन् । उनले भनिन्, ‘दलभित्रको विवादले अन्यौल सिर्जना गरेको थियो अब नेकपाले नयाँ बाटो लिनेछ । अब सबै नेता तथा कार्यकर्ताहरु आफ्नो मूल घर फर्कनुहुनेछ ।’

त्यसैगरी नेकपा चितवनका वाग्मती प्रदेश सांसद विजय सुवेदीले पनि नारायणी अनलाइनसँग कुरा गर्दै सर्वाेच्च अदालतले एउटा निकास दिएको बताए । उनले भने, ‘पार्टीभित्र देखिएको विवाद कसरी पार होला भन्ने लागेको थियो । सर्वाेच्चको फैसलाले नयाँ दिशाबोध भएको छ ।’ सांसद सुवेदीले पार्टी एकीकरणको प्रक्रियामा नै रहेकोले मिल्नु र छुट्नु ठूलो कुरा नभएको बताए । उनले भने, ‘एकता टुंगो लागि नसकेकोले सर्वाेच्चको फैसला स्वागतयोग्य रहेको छ ।’