१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

nepal parliament building

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आइतबार अपरान्ह ४ बजे बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

आइतबार ढिलोगरी बसेको बैठकमा काँग्रेस र समाजवादीले नाराबाजी गर्दै अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले फागुन २६ गतेसम्मका लागि स्थगित गरेका हुन् । सो बैठकमा नेकपाको प्रचण्ड माधव समूहले भने बहिष्कार गर्दै बाहिरिएको थियो ।