१५ चैत्र २०८०, बिहीबार

सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुन्छः सुवास नेम्वाङ

Subash Nemwang
फाइल फोटो

संविधानसभाका अध्यक्ष तथा पुनःस्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा अब नेकपा नरहेको बताएका छन् । उनले आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दल बैठकमा भाग लिन हिँडेका नेम्वाङले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’

नेम्वाङले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने बताए । उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने समेत चेतावनी दिएका छन् ।