१५ बैशाख २०८१, शनिबार

यस्तो बन्यो ट्रेलर धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’

durmus suntali

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानी एक कार्यक्रमको आयोजनासहित ट्रेलर सार्वजनिक गरिएको हो ।

पारिवारिक र राजनीतिक बिषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रको ट्रेलरमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई कभर गरिएको छ ।

ट्रेलर हेर्दा फिल्मले राजनीतिको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ । फागुन ९ गते रिलिज मिति तोकिएको चलचित्र श्रीमान् श्रीमतीको घर झगडा, फरक राजनीतिक पार्टीमा आवद्ध हुँदा आउने समस्यामा केन्द्रीत रहेको बताइएको छ ।

डिन्डु लामाको लगानीमा बनेको ‘सेन्टी भाइरस’मा फुर्पा होल्मो सह–निर्माता रहेका छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ ।

‘सेन्टी भाइरस’को प्रर्दशनबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने निर्माण पक्षको भनाई छ ।