८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले विप्लवलाई बधाई दिदैं प्रकाण्ड र धर्मेन्द्रलाइ जिस्काए

Biplab oli pm

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ।उक्त सहमति पत्रमा दुबैतर्फका वार्ता टोली संयोजकले हस्ताक्षर गर्नु भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विप्लवका नेताहरूलाई जिस्काउनु भएको छ । विप्लवपछि सम्बोधन गरेका प्रधानमन्त्रीले सुरूमै ठठ्टा गर्नु भएको छ ।

मञ्चमा आसिन व्यक्तिहरूको नाम लिने क्रममा उनले विप्लवको पार्टीका वार्ता टोलीका प्रमुख खड्गबहादुर विश्वकर्मालाई जिस्काउनु भएको थियो ।

प्रकाण्ड हो क्या रे नाम, ओलीले भन्नु भयो। उहाँले त्यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो।त्यसपछि उहाँले आजै जेलबाट छुटेर आएका अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई पनि जिस्काउनुभएको थियो । भर्खरै जेलबाट छुटेर आउनु भएका धर्मेन्द्र बाँस्तोला जी। यति छोटो समय जेल बस्न पाए पो हुने। हाम्रो त १४ वर्ष, ओलीले भन्नुभयो ।

उहाँले यसो भन्दा पनि हलभरि हाँसो गुन्जियो। प्रधानमन्त्री ओलीले नयाँ साहसिक कदम चालेकोमा विप्लवलाई बधाई पनि दिनु भयो ।