१५ बैशाख २०८१, शनिबार

जीवन बलिदान दिन तयार छौँ तर शहीदको सपना मर्न दिदैनौँ : विप्लव

biplab addressing nepal government agreement

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शहिदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले जीवनको बलिदान दिएर पनि शहिदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘शहिद परिवारलाई विश्वास म दिलाउँछु कि हामी हाम्रो जीवनलाई बलिदान दिन तयार छौँ तर शहिदको सपना मर्न दिदैनौँ ।’ उहाँले कम्युनिष्ट विद्रोहका योद्वा मात्रै नभएर शान्तिका दुत पनि भएको बताउनुभयो ।

महासचिव विप्लवले जुन दिन कम्युनिष्ट सफल हुन्छन् तब विश्वबाट हातहतियारसाथै युद्ध पनि सदाका लागि बन्द हुने बताउनुभयो । उहाँले सरकारसँगको आफूहरुको सहमतिको पछाडि एउटा पार्टी, एउटा नेताको मात्र नभएर देशलाई आत्मनिर्भर, स्वालम्बी बनाउने, स्थिरता कायम राख्ने, नेपाली जनताको समृद्धिको आकांक्षा, युवाका सपनाहरुलगायतका कुराहरु रहेको बताउनुभयो ।