१४ बैशाख २०८१, शुक्रबार

अपडेट नेपाल बन्द: ५२ बन्दकर्ता पक्राउ, ६ जिल्लाका १० ठाउँमा शंकास्पद वस्तु फेला

nepalbanda

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार ती शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको उहाँले बताउनुभएको छ ।