१४ बैशाख २०८१, शुक्रबार

हातमा दही जमाएर बस्दैनौँ सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे : नेकपा

biplab addressing nepal government agreement
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले सरकार र राज्यले आज घटाएको घटना रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो ।

नेकपाले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो ।

देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।

296132292 5905440106151687 4473162222946837801 n