१३ बैशाख २०८१, बिहीबार

सरुवा रोगभन्दा अन्य रोगबाट मानिसहरु पीडित

health tips

नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट पीडित हुनेहरु बर्सेनी बढ्दै छन् । व्यस्त जीवनशैली, अव्यस्थित खानपान र अल्छि गर्ने बानीका कारण व्यायाममा बेवास्ता गर्दा नसर्ने रोग लागेर थला परेकाहरु बढेका हुन् । नियमित व्यायाम गर्ने हो भने यस्ता रोग लाग्नबाट धेरै हदसम्म बच्न सकिने चिकित्सक बताउँछन् ।

तपाईं हामीले देखेका वा भेटेका कतिपय कम उमेरकै मानिसलाई पनि मुटु रोगले सताएको पाउँछौं । मुटु रोगबाहेक उच्च रक्तचाप, मधुमेह, हाडजोर्नी जस्ता नर्सने रोग लागेकाहरु समाजमा धेरै भेटिन्छन् ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ ।

यस्ता रोग कसरी लाग्छ भन्ने जानकारी आम नागरिकलाई हुँदै नभएको भने होइन । नियमित व्यायाम गरेमा नसर्ने रोग लाग्नबाट धेरैह दसम्म बच्न सकिन्छ । तर अल्छी गर्ने बानीले नसर्ने रोगको सिकार धेरै मानिस भइँदा पनि सावधानी अपनाएको पाइँदैन ।

दिनभर बसेर काम गर्ने व्यक्तिले त अनिवार्य व्यायाम गर्नैपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १८ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिले प्रत्येक साता १ सय ५० मिनेटसम्म शारीरिक कसरत गर्नुपर्छ ।

ब्रिटिस हार्ट फाउन्डेसनले गरेको एक अध्ययनले बेलायतमा दुई करोडभन्दा बढी व्यायाम नगर्नेहरुलाई मुटुसम्बन्धी समस्या छ । नेपालमा पनि धेरैजसो व्यक्तिले शारीरिक ब्यायाम गरेको पाइँदैन ।

१० देखि १५ प्रतिशत मानिसले मात्र व्यायाम गर्ने गरेका छन् । शारीरिक कसरत नगर्ने धेरैमा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, हाडजोड्नी जस्ता नर्सने रोगको शिकार बन्दै गएका छन् ।

नसर्ने रोग लाग्नबाट बच्न कुनै ठूलो प्रयास गर्नुपर्दैन । नियमित रुपमा सामान्य व्यायाम गर्दा नै स्वस्थ हुन सकिन्छ भने किन पन्छिने ?