१५ चैत्र २०८०, बिहीबार

१३ वर्षका बालक लागु औषधसहित पक्राउ

drugs thankot arrested
फाइल फोटो

प्रहरीले काठमाडौँबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोला भित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।