१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘कृष्ण लीला’काे दाेस्राे गीत ”डिएर बन्न मन छ” सार्वजनिक

maxresdefault 2

फिल्म ‘कृष्ण लीला’काे दाेस्राे गीत सार्वजनिक भएकाे छ । ‘डिएर बन्न मन छ’ बाेलकाे राेमान्टिक गीतमा निशन भट्टराई र समीक्षा अधिकारीकाे स्वर अर्जुन पाेखरेलकाे संगीत नारायण प्रसाद बास्काेटाकाे शब्द र पुरुषाेतम सुबेदिकाे एरेन्ज रहेकाे छ ।

गीतकाे भिडियाेमा फिल्मका मुख्य कलाकारहरु पुष्प खडका, श्रद्वा क्षेत्री, बुद्वी तामाङ, रबिन्द्र झा भावना गुरुङ्ग लगायतले नाचेका छन। भिडियाेमा कलाकारहरुकाे आकर्षक नुत्य रहेकाे छ ।
भिडियाेकाे काेरियाेग्राफरमा रामजी लामीछाने सिनेमाटाेग्राफरमा शिव ढकाल, बाबू श्रेष्ठ र सम्पादन अर्जुन जिशिकाे रहेकाे छ ।

चैतकाे २७ बाट प्रदर्शनमा आउने यस फिल्मलाइ दिपक वलीले निर्देशन रंग पत्रकार लक्ष्मण सुवेदीकाे लेखन रहेकाे छ । नेपालकाे पुर्विक्षेत्र झापा इलाम लगायतमा छायांकन गरिएकाे फिल्मकाे निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ्ग सह निर्मातामा पितम्बर आचार्य र राेजन श्रेष्ठ कार्यकारि निर्मातामा रत्न श्रेष्ठ रहेका छन ।

राेहित कठेत प्रस्तुतकर्ता रहेकाे फिल्म सस्पेन्स तथा कमेडि जनरमा निर्माण भएकाे हाे । यस फिल्मकाे पहिलाे सार्वजनिक कुनै दिन बाेलकाे गीतले चर्चा पाइसकेपश्चात निर्माण टिमले दाेस्राे गीत सार्वजनिक गरेकाे हाे ।