१३ बैशाख २०८१, बिहीबार

१६ वर्षीयलाई करणी गरेको आरोपमा भगवतीमाई गाउँपालिकाका एक युवक पक्राउ

0 2

जिल्लाको भगवतीमाई गाउँपालिकाका एक जना युवक जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

भगवतीमाई गाउँपालिका वडा नं २ बेस्तडा बजारमा बस्ने १८ बर्षिय मोहन बुढाले १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

प्रहरीका अनुसार उनले सोही ठाउँकी १६ बर्षिय लाई बालिकालाई जवरजस्ती करणी गरेका थिए । बुढालाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनमती लिई हिरासतमा राखिएको र अनुसन्धान भईरहेको छ ।

पछिल्लो समयमा जवर्जस्ती करणीका घटनाहरु बढदै गएका छन् नेपालको सविधान २०७२ अनुसार कोही कसैले महिलालाई निजको मञ्जरी नलिई करणी गरेको तथा मञ्जुरी लिए पनि १८ कर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिलालाई करणी गरेको मानिने ब्यवस्था छ ।

यदि यस्तो गरेको खण्डमा दश बर्ष भन्दा कम उमेलको बालिका भए जन्मकैद दश देखि १४ बर्ष उमेरको बालिका भए १८ देखि २० बर्ष कैद १४ बर्षदेखि १६ बर्ष भए १२देखि १४ बर्ष कैद, १६ बर्ष देखि १८ बर्षको भए १० देखि १२ बर्ष कैद र १८ बर्ष भन्दा बढि उम्मेरकी महिला भए ७ देखि १० बर्ष कैद हुने ब्यवस्था रहेका छ ।