१४ बैशाख २०८१, शुक्रबार

भरतपुरको भानु माविमा प्रचण्ड निकट विद्यार्थीको तालाबन्दी

Bhanu mavi buspark

भरतपुरको नारायणगढ पोखरा बसपार्कमा रहेको आदिकवि भानु माविमा नेकपाको प्रचण्ड–माधव नेपाल निकट विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

आदिकवि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थी र अभिभावकलाई मर्का पर्ने गरी शुल्क लिएको भन्दै अनेरास्ववियु भानु मावि कमिटीले प्रधानाध्यापकको कक्ष र लेखामा तालाबन्दी गरेको हो । अनेरास्ववियुले विद्यालयमा आर्थिक पारदर्शिता पनि नभएको जनाएको छ ।

भानु माविका विद्यार्थी युवराज मगरले ७२ घण्टे अल्टिमेटम दिदादिँदै पनि प्रशासनसहित प्रधानाध्यापकले बेवास्ता गरी उल्टै विद्यार्थीलाई थर्काएको मानसिक यातना दिएकोले यो कदम चाल्न बाध्य भएको जनाएका छन् । विद्यार्थीले अभिभावकसँग जबर्जस्ती अनलाइन क्लासको नाममा असुलेको शुल्क फिर्ता गर्नुपर्ने, विद्यालयको पुस्तकालयमा प्रर्याप्त मात्रामा पुस्तक व्यवस्थापन गर्नुपर्ने, विद्यालयको शौचालय, खानेपानी व्यवस्थापन साथै रेडक्रस सामग्री उपलब्ध गराउनुपर्नेलगायतका माग प्रशासन समक्ष राखेका छन् ।

त्यसैगरी विद्यार्थीको ज्ञापनपत्रमा विद्यालयको सामाजिक लेखा परीक्षण हुनुपर्ने, विद्यार्थीसँग उठाइएको प्रति विद्यार्थी बराबर २० हजार रुपैयाँ धरौटी रकम धरौटी खातामा नभएकाले सो बारे छानबिन हुनुपर्ने माग राखेका छन् । त्यसैगरी विद्यालयको भौतिक संरचना निर्माण गर्दा अनियमित ढंगले समितिको निर्णय बेगर टेण्डर कोटेशन बिना कार्य गरी लाखौं लाख भ्रष्टाचार भएकोले यसको छानबिन हुनुपर्ने माग राखेका छन् ।

talabandi