८ बैशाख २०८१, शनिबार

काँग्रेस सरकारमा जान हुँदैनः डा.कोइराला

shekhar

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस तत्काल सरकारमा जान नहुने बताउनु भएको छ ।

भरतपुर विमानस्थलमा आज (मंगलबार) संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले काँग्रेसको ध्यान महाधिवेशनतर्फ केन्द्रीत हुनु पर्ने भन्दै सरकारतर्फ सोच्न नहुने बताउनुभयो । ‘काँग्रेसको ध्यान महाधिवेशन केन्द्रीत हुनुपर्छ, सरकारमा जान सोच्नै हुन्न’–नेता कोइरालाले भन्नुभयो ।

अहिले नेकपाको बहुमतकै सरकार रहेकाले त्यतातिर ध्यान दिन नहुने भन्दै नेकपाको विवाद टगो लागेपछि मात्रै प्रतिक्रिया दिनुपर्ने बताउनुभयो ।

संबिधानले तोकेको समय समेत अधिबेशनका लागि खर्च भई सकेको भन्दै उहाँले भदौमा महाधिबेशन हुने विश्वास व्यक्त गर्नुभयो । ‘महाधिबेशनको समय सकि सक्यो, अब भदौं भित्रमा गर्नैपर्छ’–नेता कोइरालाले भन्नुभयो ।

महाधिवेशनमा दाजु भाइनै नेतृत्वमा आउने कुरा के हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो ‘दाजुभाईले राजनीति गर्नु हुँदैन भन्ने कहाँ लेखेको छ । नेतृत्वमा आउने विषयमा सल्लाह गरेर अघि बढ्छौ ।’