४ बैशाख २०८१, मंगलवार

शहीद स्मारक ‘बी’ डिभिजन लिग : सातदोबाटो शीर्ष स्थानमा

b division league satobato wins

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २५औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्नुभएको हो ।

जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ ।

लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।