१३ बैशाख २०८१, बिहीबार

शहीद स्मारक ‘बी’ डिभिजन लिग : सातदोबाटो युथ क्लबको अपराजित यात्रा रोकियो

satdobato vs basbar b division
फाइल फोटो

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएशनसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

सातदोबाटो पहिलो पटक प्रतियोगितामा पराजित भएको हो । मध्यपुरका लागि कैलाश लामिछाने र सन्नी लामाले एक-एक गोल गर्नुभयो । यस्तै सातदोबाटोका लागि सान्त्वना गोल माल्डिना आङथुपुले गर्नुभयो । खेलको २९औँ मिनेटमा मध्यपुरका कैलाश लामिछानेले पहिलो गोल गर्नुभएको हो । खेलको ५०औँ मिनेटमा मध्यपुरका माल्डिना आङथुपुले गोल फर्काउनुभयो ।

खेलको ५८औँ मिनेटमा मध्यपुरका सन्नी लामाले दोस्रो गोल गर्नुभयो । जीतसँगै मध्यपुरले १० खेलबाट १३ अङ्क जोडेको छ । मध्यपुर लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै सातदोबाटो पराजित भएर पनि १० खेलमा २५ अङ्क जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।