fbpx
६ बैशाख २०७८, सोमबार

धनुषाको लक्ष्मिनियाँमा युवकको शव फेला

धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् । मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए । घटनास्थलमा प्रहरी पुगेको छ । उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।