१३ बैशाख २०८१, बिहीबार

अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चलाई प्रचण्डको लिखित जवाफ

prachanda
फाइल फोटो

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिनुभएको छ । लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफू विरुद्धको रिट खारेज गर्न माग पनि गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा आज १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि बताउनुभएको छ ।

वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ , प्रचण्डले भन्नुभएको छ ।