२३ बैशाख २०८१, आईतवार

तागतदवरको ट्रेलर सार्वजनिक

Taquatwar New Nepali Movie

गजेन्द्र रन्जिको निर्देशनमा बनेको फिल्म तागतदवरको राजधानिमा एक कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको छ ।

समसामायिक तथा एक्सन जनरामा बनेको फिल्मको ट्रेलरमा अभिनेता सबिन श्रेष्ठलाइ एक्सन अवतारमा देखाइएको छ । फिल्मलाइ आगामि चैतको दोस्रो हप्तामा रिलिज गर्ने निर्माण टिमको तय रहेको छ ।

जि आर प्रोडक्सन र आर्ट मुभि प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा गजेन्द्र रन्जित र आरति शाही सहायक निर्मातामा सुनिल बिष्ट बद्री फ्याल र नारायण कृष्ण महर्जनको रहेको छ ।

त्यसैगरी फिल्मको सिनेमाटोग्राफरमा रामेश्वर हुमागाइ इडिटरमा मित्र देब गुरुङ र कोरियोग्राफरमा रामजि लामिछानेको रहेको छ । भने फिल्ममा सबिन श्रेष्ठ महिमा सिलवाल धुब्र कोइराला शेखर सुबेदी रिजा भुसाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाइ नेपाल रिलिजसँगै बिदेशको बिभिन्न देशमा समेत प्रदर्शन गरिने भएको छ । टे«लर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माण टिमले फिल्म राम्रो बनेको फिल्मले दर्शकको मन जित्ने कुरा बताएका थिए ।