१३ बैशाख २०८१, बिहीबार

चीनमा कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु

doctor death

चीनमा कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न एक चिकित्सको मृत्यु भएको छ। चीनको हुबेई प्रान्तको सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ बुदोङको कोरोना भाइरसको कारणबाट मृत्यु भएको हो।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टेलिभिजन नेटर्वकले जनाए अनुसार, उनको मृत्यु कोरोना भाइरसको कारण भएको हो। डाक्टर बुदोङ कोरोना भाइरस संक्रमित मानिसको उपचारका लागि निरन्तर रुपमा खटिरहेको थिए।

नयाँ प्रकारको कोरोना भाइरस यस अघि मानव जातिमा पहिचान गरिएको थिएन। यो ‘जुनोटिक’ भाइरस हो। जुन जनावर र मानिसबीच सर्ने गर्छ। चीनका उहान सहर हुँदै फैलिएको यो भाइरसले अहिलेसम्म ४१ को ज्यान गइसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लक्षण रुघा खोकीबाट सुरु हुन्छ। उक्त नयाँ भाइर मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरुको ठूलो समूहको एक सदस्य हो।