१६ चैत्र २०८०, शुक्रबार

वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।”