१६ चैत्र २०८०, शुक्रबार

‘सुुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री साह

Prabhu Shah
फाइल फोटो

शहरी विकासमन्त्री प्रभुु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताउनुुभएको छ ।

रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्र्तगत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उहाँले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने दाबी गर्नुभयो ।

मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्वप्रधानमन्त्री माधव नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गर्नुुभयो । उहाँले नेता नेपाल चुनाव हारेर प्रधानमन्त्री र अधिवेशनमा हारेर पार्टी अध्यक्ष कुन नैतिकताले बन्ने गरेका छन् भनी प्रश्न गर्नुुभयो ।

मन्त्री साहले आफनै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृतिले गर्दा निर्वाचनमा जानुुपर्ने बाध्यता आइपुगेको बताउँदै निर्वाचनपछि नेकपा थप बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसअघि आपूm शहरी विकासमन्त्री हुुँदा देशमा रु ५० अर्ब बराबरको भौतिक पूर्वाधार निर्माण गराएको बताउँदै यस पटक पनि रौतहट, मधेश र देशकै विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुुभयो ।

मधेशबादी दलप्रती अत्यन्तै आक्रोश ब्यक्त गर्दे उनीहरुले समग्र मधेशीको बदनाम गराएको टिप्पनी गर्नुुभयो ।

प्रदेश २ मा वार्षिक रु ४० अरबको बजेटको हिसाबले एउटा जिल्लाको हकमा वर्षको रु पाँच अरब पर्छ उनले भने प्रदेशले रौतहटमा एक ईन्च पनी कतै कालोपत्रे अथवा ठोस पूर्वाधार निर्माण गरेको छैन ।

यसअघि मन्त्री साहले आजै बौधीमाई नगरपालिका सरमुजवास्थित स्वास्थ भवनको पनि उद्घाटन गर्नुभयो । शहरी विकास मन्त्रालयको कूल रु एक करोड ७५ लाखको लागतमा दुुईतले भवन निर्माण भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रन्जन दासले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, तत्कालिन संविधानसभा सदस्य बब्बन सिंह, अबुल कलाम, नेकपाका केन्द्रीय सदस्य कपिलदेव पटेल, जयचन्द पटेल, उपेन्द्र साह, प्रदेश कमिटि सदस्य त्रिभूवन साह, मनोज यादव, राजकिशोर यादव, मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता, देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी, मौलापुरका नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाललगायतले मधेशको विकास र मधेशीको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक कसैले दिन नसक्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस र जसपालगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मन्त्री साहले माला तथा टीका लगाएर स्वागत गर्नुभयो ।