१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधिसभाको बिघटन असल मनसायबाट भएको छैन् : वरिष्ठ नेता पौडेल

ramchandra paudel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले प्रतिनिधिसभाको बिघटन गरेर नेपाली कांग्रेसले अव दुई तिहाइ बहुमत ल्याउ छ भने उद्देश्यले नगरेको आरोप लगाउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हँुदै आएको उल्लेख गर्नुहुँदै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउनुहुँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फुल, माला र अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।