१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चले फागुन १५ गतेभित्र फैसला दिन्छ :नेम्वाङ

Subash Nemwang

नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताउनु भएको छ । सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उहाँले बताउनु भयो ।

सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उहाँले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गर्नु भयो । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले भन्नु भयो , ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ ।’

‘झण्डै दुईतिहाइको प्रधानमन्त्रीले काम गर्न नपाउने, संवैधानिक परिषद्मा बैठक हुन नदिने, निर्णय हुन नदिने, प्रधानमन्त्रीले भन्नुभएको छ’, उनले भने, ‘यो अवस्थामा मैले काम गर्न पाउने कि नपाउने, मलाई काम गर्न दिने कि नदिने, प्रधानमन्त्रीले जनता गुहार्न जान मिल्ने कि नमिल्ने भन्ने प्रधानमन्त्रीको प्रश्न छ, यही प्रश्न प्रधानमन्त्रीले अदालतमा पनि राखिसक्नु भएको छ ।’

बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको भन्दै उहाँले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गर्नु भयो ।