१२ बैशाख २०८१, बुधबार

आगामी वैशाखमा चुनाव भएरै छाड्छ: ईश्वर पोखरेल

ishowr

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा जसरी पनि निर्वाचन हुने बताउनु भएको छ। काठमाडौं महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रहसमेत गर्नु भयो

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ छ। उहाँले भन्नु भयो ।चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन्। जनताभन्दा ठूलो न्यायाधीश अरू कोही हुँदैनन्। यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ।

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। बागमती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुननर्निर्माण गरिएको हो। काठमाडौं निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनर्निर्माणमा पहल गर्नु भएको थियो ।

सो अवसरमा उहाँले मन्दिर पुनर्निर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए। स्थानीयको करिब रु १६ लाख सहयोग उपलब्ध भएको उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उहाँको भनाइ थियो।