१४ बैशाख २०८१, शुक्रबार

मकवानपुरकाे एभरेस्ट पानाेरमा रिसाेर्टमा बेहाेस ८ भारतीयकाे मृ’त्यु’

everest panorama resort daman

मकवानपुरको थाहा नगरपालिकास्थित एभरेस्ट पानारोमा रिसोर्टमा बसेका मंगलबार बिहान अचेत भेटिएका ८ भारतीयको मृत्यु भएको छ।

थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय नागरिकको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डौ लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।

मकवानपुरका एसपी सुशीलसिंह राठौरले आठै जनाको मृत्यु भएको पुष्टि गरे। ‘सबैको मृत्यु भएको छ, उनीहरुको पहिचान खुल्न बाँकी छ, थप अनुसन्धान भइरहेको छ।’

बिहानै बेहोस भेटिएका उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको थियो।

भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिकको समूहले पनोरमा रिसोर्टका दुई कोठा लिएका थिए। जसमध्ये एउटा कोठामा ८ र अर्को कोठामा ७ जना बसेका थिए।

तीमध्ये ८ जना बसेका कोठाका सबै जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। अर्को कोठामा बसेका ७ जना भने सकुशल रहेका छन्।

राति ग्यास हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ। तर यकिन कारण खुल्न बाँकी छ।

तीमध्ये कति जना पुरुष, कति महिला भन्ने खुलिनसकेको प्रहरी निरीक्षक कुर्मीले बताए। तर बेहोस ८ मध्ये ४ महिला ४ पुरुष भएको अनुमान गरिएको छ।