१६ चैत्र २०८०, शुक्रबार

अमेरिकामा हल्क जन्मियो

green puppy

अमेरिका, नर्थ क्यारलिनामा एक जर्मन शेफर्ड्ले जन्माएको ८ वटा मध्य एउटा बच्चा हरियो रङ्गको जन्मिएपछी कुकुर धनीहरुले उसको नाम “हल्क” राखेका छन ।हरियो रङ्गको कुकुरको बच्चा जन्मिएपछी उनिहरुले उक्त बच्चालाई भेटनरि डक्टरकोमा लगेका थिए ।

भेटनरि डक्टरका अनुसार गर्भावस्थामा कुकुरका बच्चाहरु आफ्नै थैली भित्र हुन्छन जुन तरल पदर्थले भरिएको हुन्छ । यदी उक्त थैली भित्र मेकोनियम छ भने उक्त मेकोनियमले गर्द भुत्लामा दाग लगाइदिन्छ र रङ मा परिवर्तन ल्याउँछ ।

उक्त कुकुर सँग जन्मिएका अरु बच्चाहरु सबैको स्वास्थ्य निकै राम्रो रहेको बताइएको छ ।

green puppy hulk

मेकोनियम के हो ?

गर्भाशायमा पहिलो पटक बच्चाहरुले गरेको दिशालाई मेकोनियम भनिन्छ । उक्त मेकोनियमले गर्दा बनेको यस्तो रङ्ग अस्थाई हुन्छ र बिस्तारै आफ्नो असली रङ्गमा फर्किन्छ ।

मेकोनियमले बिशेषगरी सेतो भुत्लालाई असर गर्छ ।

    सम्बन्धित समाचार...