१३ बैशाख २०८१, बिहीबार

प्रहरीमा भर्ती हुन युवती भर्जिन हुनैपर्ने

virginity tests

विश्वमा आ–आफ्नो देशको फरक फरक नियम कानुन छ । सुन्दा पनि आश्र्चर्य लाग्छ, कुनै देशमा यस्तो प्रचलन छ, महिलाहरु प्रहरीमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्वको जाँचपास हुनैपर्छ । यो नियम नभएपनि प्रचलनका रुपमा रहिआएको छ ।

indonesia police woman women policewoman policewomen indonesian

इन्डोनेशियामा महिला प्रहरी भर्ती गर्दा सेवा प्रवेशमा लिखित रुपमा यो नियम नभएपनि चलिआएको छ । शारीरिक स्वास्थ्य परीक्षणका नाममा महिलाको कुमारित्व परीक्षण गरिन्छ । परीक्षणका लागि गुप्तांगमा दुईवटा औंला राखेर चेकजाँच गरिन्छ । यस्तो परीक्षण मान्न महिलाहरु बाध्य भएका छन् ।

प्रहरीमा भर्ना हुनको लागि सबै महिलाले अनिवार्य कुमारित्व जाँच गराउनुपर्ने नियम छ । यस्को जाँच अनिवार्य गरेपछि मात्र प्रहरीको भर्नाको लागी योग्य हुने मानिन्छ ।

यसरी चेकजाँच गराउनुको उद्देश्य प्रहरीमा भर्ती हुने महिला सक्रिय यौनजीवनमा नरहेको र यौन व्यवसायी नपरुन् भन्नेका लागि हो । यस्तो गतिविधिको मानवअधिकारवादी संघसंस्थाले भने विरोध गर्दै आएका छन् ।

Indonesia urged to end discriminatory virginity test

इन्डोनेशियामा महिला प्रहरी भर्नाको लागी विशेष समिति बनाएको हुन्छ । यो विशेष समितिमा सबै जना पुरुषहरु छन् । यो समितिले सबैभन्दा पहिला राम्रा महिलाहरुको छनौट गरिन्छ । छानिएका महिलाहरुको कुमारित्वको जाँच गरिन्छ ।

२०१४ मा विश्व स्वास्थ्य संगठनले महिला प्रहरीको लागि एक विशेष प्रकारको गाइडलाइन जारी गरेपनि इन्डोनेशियन सरकारले यो नियम हटाउन सकेको छैन । एजेन्सी

    सम्बन्धित समाचार...