१४ बैशाख २०८१, शुक्रबार

आइपीएलको कुनै पनि टिमले लिएन सन्दिपलाई

Sandip lamichane
फाइल फोटो

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन ।

आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए ।

उनि त्यतिबेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहेका लामिछाने फुकुवा भएपछी यस पटक अक्सनमा सहभागी भएका हुन्।

सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए भने दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा छ खेलमा आठ विकेट लिएका थिए ।

तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनले कुनै पनि खेलमा खेल्ने मौका पाएनन् ।